Ads

संघीय संसदका दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्दै


काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने । कार्यसूची रहेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसअघि भदौ १२ गते बसेको बैठकमा संसदमा गणपुरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले संविधान अनसुार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन २०८० माधि छलफल गररयोस भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू