Ads

तालाबन्दि गरि चिकित्सकहरु आन्दोलित


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन् ।

आन्तरिक बढुवा प्रक्रिया रोकिएको भन्दै वृत्ति विकासको माग गर्दै गत बुधबारदेखि शिक्षक कल्याण समाजको नेतृत्वमा आन्दोलित चिकित्सकहरुले शैक्षिक कार्यक्रम बहिष्कार गर्दै उपकुलपतिको कार्यालय अगाडि धर्ना दिँदै आएका थिए ।

चिकित्सकहरुले आइतबारदेखि परीक्षा शाखामा तालाबन्दी गर्दै आन्दोलन चर्काएका हुन् । उनीहरुको तालाबन्दीका कारण प्रतिष्ठानमा सञ्चालन भइरहेको परीक्षा प्रभावित भएको छ । साथै पठनपाठनसमेत ठप्प भएको छ । तत्काल रोकिएको बढुवा प्रक्रिया अगाडि नबढेसम्म आफूहरु शैक्षिक गतिविधिमा सहभागी नहुने आन्दोलनरत चिकित्सकहरुको भनाइ छ ।

आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रियामा बीपी प्रतिष्ठानको उदासिनताप्रति चिकित्सकहरुले आन्दोलन गर्दै आएका छन् । प्रतिष्ठान व्यवस्थापनले आफ्ना माग पूरा गर्न नसके पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न उनीहरुले माग गरेका छन् । उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुको लाचारिपनका कारण बढुवा प्रक्रिया रोखिएको आरोप लगाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू