काठमाडाैँ । सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सीआईबी स्रोतले पुष्टि गरेको छ।
स्रोतका अनुसार नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ।
६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। सुरुमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई साउन २१ गते बुझाएको थियो।
त्यसपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डीएसपी धर्म भण्डारीलाई भारत पठाएको छ।
प्रतिक्रिया दिनुहोस्