Ads

नेपालले टस हार्‍यो, पहिला ब्याटिङ गर्ने


काठमाडाैँ । एसिया कप क्रिकेट प्रतियोगिताको महत्वपूर्ण खेलमा आज नेपाल र भारतबीच केही समयपछि खेल सुरु हुँदैछ ।

टस भइसकेको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । भारतको यसअघिको टिममा जसप्रित बुमराहको स्थानमा मोहम्मद सामीलाई खेलाइने भएको छ । नेपालले पनि एक परिवर्तन गरेकाे छ । आरिफ शेखकाे स्थानमा भीम सार्कीले माैका पाएका छन् ।

श्रीलंकाकाे पाल्लेकेल मैदानमा खेल हुँदैछ । खेलका क्रममा वर्षा हुनसक्ने अनुमान छ ।

Ads

सम्बन्धित पोष्टहरू