काठमाडौं । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् ।
नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ । कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् ।
९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।
प्रतिक्रिया दिनुहोस्