Ads

एमाले लुम्बिनी प्रदेशको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित


बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
उनीसँगै सचिव पदका मनोनयन  दर्ता गराएका सोमनाथ सापकोटाले सोमबार उम्मेददारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमालेले लुम्बिनी प्रदेश प्रचार विभागको स्रोतले जानकारी दिएको छ  ।

निर्वाचन प्रक्रृयासँगै सहमतिको प्रयास पनि जारी रहेको स्रोतले बताएको छ । आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको जिम्मेवारी समालेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू