Ads

यी हुन् एमाले महाधिवेशनमा सहभागी हुने विदेशी पाहुनाहरु


काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन ४ देशबाट १५ जना विदेशी अतिथिहरू काठमाडौं पुगेका छन् । एमालेले विदेशी पाहुनाहरुको विवरण सार्वजनिक गरेको छ ।

बिहिबार एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा ४ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुने जनाएको छ ।
अतिथिहरुले उद्घाटनमा शुभकामना दिनेछन् । विदेशी अतिथिहरुलाई चितवनको ग्रीन मेनसन जंगल रिर्सोटमा बसोबासको व्यवस्था मिलाइएको छ ।

विदेशी अतिथिहरुलाई चितवनका पर्यटकीय स्थलहरूको दृश्यावलोकनको कार्यक्रम राखिएको छ । यसैबीच एमाले महाधिवेशनका लागि विश्वका १५ देशमा कम्युनिष्ट पार्टीहरुले शुभकामना सन्देश पठाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू