ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाबाट चौंरी निकासी बढेको छ ।
खिजीदेम्बा गाउँपालिकाको लेकाली क्षेत्रमा पालिँदै आएका चौंरी भारी बोक्नका लागि रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा निकासी हुने गरेको छ । भारी बोक्ने प्रयोजनका लागि भाले चौंरीलाई ४० हजारसम्म मूल्य पर्ने गरेको छ । जिल्लाको रावादोलु, भुसिंगा, पात्ले, खिजीफलाटे, ताक्लुङ, बुलबुले लगायतका लेकाली क्षेत्रमा भारी बोक्न तथा चीज, छुर्पी, नौनी, चम्मर लगायतको प्रयोजनका लागि किसानले चौंरी पाल्दै आएका छन् ।
चौंरीपालन व्यवसायलाई प्रोत्साहन नमिल्दा विभिन्न प्रयोजनका लागि पालिँदै आएका चौंरीलाई किसानले बाह्य जिल्लामा निकासीका लागि बेच्ने गरेका हुन् । जिल्लामा चौंरीको यकिन तथ्यांक नभए पनि एक दर्जन भन्दाबढी चौंरी गोठ रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्