काठमाडाै । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरी नेकपा सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई नियुक्त गर्न परमादेश जारी गरेको छ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दलको नेतालाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको हो।
सर्वोच्चमा एमालेले विश्वासको मत बदर भई उपधारा ३ अनुसार सरकार निर्माण हुनुपर्ने माग गर्दै रिट दायर गरेको थियो। उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिट जारी हुने आदेश गरेको हो।
योसँगै मुख्यमन्त्री थापाले दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री पद गुमाएका छन्।
आदेशको पूर्णपाठ
प्रतिक्रिया दिनुहोस्