Ads

४० जना कर्मचारी पुरस्कृत हुँदै, कोहि भेटिएनन् सर्वोत्कृष्ट


काठमाडौ\ आज विभिन्न कार्यक्रम गरी २०औँ निजामती सेवा दिवस मनाइँदै छ । सरकारले यस वर्षको निजामती सेवा दिवसको नारा ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ राखेको छ ।

तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको सम्झनामा २०६२ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्ष निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । तर सर्वोत्कृष्ट कर्मचारी घोषणा भने नगर्ने भएको छ । २०औँ निजामती सेवा दिवसका अवसरमा १० जना कर्मचारी उत्कृष्ट निजामती सेवा पुरस्कारद्वारा सम्मानित हुनेछन् भने ३० जना कर्मचारीले ‘निजामती सेवा पुरस्कार’ प्राप्त गर्ने छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवा दिवसको अवसरमा सबै निजामती कर्मचारीहरूमा शुभकामना व्यक्त गरेका छन् । उनले आज पुरस्कृत हुने निजामती सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याएका कर्मचरीलाई बधाई समेत दिएका छन् ।

निजामती प्रशासनलाई स्थायी सरकारका रूपमा व्याख्या गरिन्छ । तर कर्मचारीहरू जनसेवामा भन्दा राजनीति र भ्रष्ट्राचारमा रमाउने गरेको भन्दै निजामती प्रशासनको आलोचना हुने गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू