काठमाडौँ । अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै सत्तारुठ गठबन्धन दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विरोध गरेका छन् ।
अध्यक्ष केसीले आज(सोमबार) विज्ञप्ति जारी गर्दै आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आन्दोलनमा घाइते भएकाहरुलाई उपचारको व्यवस्थासमेत सरकारले गर्नुपर्नेमा जोड दिएका छन् ।
आफ्नोे पार्टीले एमसिसी सम्झौताको विरोध गर्दै आएको स्पष्ट पारेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्