Ads

आजकाे मौसम : एक-दुई-स्थानमा  भारी  वर्षाको सम्भावना


काठमाडाैं । हाल  मनसुनको  न्यूनचापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ । साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यूनचापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ ।

हाल  मौसमको  अवस्था 

हाल  देशभर  आंशिकदेखि सामान्य  बदली  रही  कोशी,  मधेश,  बागमती,  लुम्बिनी  र  कर्णाली  प्रदेशका  थोरै  स्थानहरूमा  हल्कादेखि  मध्यम  वर्षा भइरहेको  छ।

२०८०  भदौ  २४  गते 

दिउँसो :  देशभर  आंशिकदेखि  सामान्य  बदली  रहनेछ । कोशी, बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन/चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । सुदूरपश्चिम प्रदेशको  एक-दुई-स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ ।

राति :  देशभर  आंशिकदेखि  सामान्य  बदली  रहने छ । कोशी, मधेश,  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघगर्जन/चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  । साथै कोशी र  सुदूर-पश्चिम  प्रदेशको  एक-दुई-स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ ।

२०८०  भदौ  २५  गते 

दिउँसो :  देशभर  आंशिकदेखि  सामान्य  बदली  रहनेछ ।  कोशी, बागमती,  गण्डकी ,  लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन/चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ ।

राति :  कोशी, मधेश, बागमती, गण्डकी र    लुम्बिनी प्रदेशमा आंशिकदेखि  सामान्य  बदली  रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  कोशी, मधेश र  बागमती प्रदेशका  थोरै स्थानहरूमा  तथा  बाँकी  प्रदेशका एक-दुई  स्थानमा  मेघगर्जन/चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श  

कोशी, बागमती,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरूमा  तथा  मधेश  प्रदेशका  थोरै  स्थानमा  मेघगर्जन/चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । साथै  मधेश,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  एक-दुई  स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ ।  मधेश  प्रदेश  लगायत  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  तराई  भू-भागका  थोरै  स्थानहरुमा  हावा-हुरीको  सम्भावना  रहेको  छ ।  वर्षाका  कारण त्यस  क्षेत्रहरूबाट  बहने  नदीको  जल  सतह  हल्का  बढ्न  सक्ने,  गेग्रान  बहाव,  बाढी,  पहिरो,  भू-क्षय  जस्ता  प्रकोप  हुन  सक्ने  भएकोले  जन  स्वास्थ्य,  कृषि,  दैनिक  जनजीवन,  सडक  तथा  हवाई  यातायातमा  हुन  सक्ने  असुविधा,  जोखिम  लगायत  चट्याङ्ग  तथा  हावा-हुरीको  क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन  महाशाखाकाे अनुरोध  छ ।

Ads

सम्बन्धित पोष्टहरू