काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । आइतबार एमसीसी संसदमा टेबल भएपछि नेकपा एसमा दुई धार देखिएका छन् । नेपालले संसदमा टेबल गर्न सहमति दिएको भएपनि खनालले संसदमा टेबल हुदा उठेर नै विरोध जनाएका थिए । त्यहि विवादका कारण सोमबार दिउँसो एक बजे बोलाइएको बैठक भोलि बस्नेगरी स्थगित भएको हो ।
शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ । तर सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच छलफल चलिरहेको छ ।
खनालले एमसीसी पेश गर्न दिने पार्टी निर्णय नभएको प्रतिक्रिया दिएका छन् । तर अध्यक्ष नेपालको सहमतिमै सरकारले सोमबार एमसीसी संसदमा पेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस्