Ads

१३ फागुनमा जसपाले बोलायो कार्यकारिणीको बैठक


काठमाडौं । जनता समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको छ ।

३५ सदस्यीय कार्यकारिणी समितिको बैठकमा एमसीसी, समयसामयिक राजनीति, पार्टीभित्रको विवाद र सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल हुने बताइएको छ।

माघमा भएको राष्ट्रिय सभा चुनावपछि जसपामा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद बढेको छ। यादवले एकलौटी रुपमा पार्टी संचालन गरेको भट्टराई पक्षको आरोप छ।

पछिल्लो समय भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसीको खुलेर समर्थन गरिरहेका छन् भने यादव यसबारे मौन देखिएका छन्।

भट्टराई पक्षले यसअघि नै पार्टीको कार्यकारिणी बैठक बोलाउन माग गरेको थियो। यादवले भने यसलाई आलटाल गर्दै आएका थिए। ३५ सदस्यीय कार्यकारीणीमा भट्टराईको पक्षमा बहुमत रहेको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू