काठमाडौँ । जिल्ला अदालत बैतडीले १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा आरोपितलाई दोषी ठहर गरेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर दिनेश भट्टलाई दोषी ठहर गरेको हो ।
आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथै डीएनए परीक्षणलाई पनि आधार मानेर जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले फैसला गरेका हुन् ।
जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्