काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सबै आरोपितहरुलाई छोड्न आदेश दिएको भए पनि एकजना भने आइतबार छुट्न सकेनन् । जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले उक्त प्रकरणमा संलग्न भएको आरोप लागेका १८ जनालाई नै छोड्न आदेश दिएकोमा एकजना भने छुट्न नसकेका हुन् ।
अदालतले अदालतले केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न र अरु १७ जना आरोपितहरुसँग धरौटी लिएर छोड्न आदेश दिएको थियो । भाटभटेनी सुपर मार्केटका सञ्चालकसमेत रहेका व्यवसायी मीनबहादुर गुरुङसँग अदालतले सबैभन्दा बढी धरौटी माग गरेको थियो ।
व्यवसायी गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको थियो भने शिवजी भट्टसँग ३ लाख ३० हजार धरौटी माग गरेको छ । त्यस्तै रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, कलाधर देउजासँग १५ लाख, लोकरि घिमिरेसँग ७ लाख ५० हजार, घमन कुमार कार्कीसँग ७ लाख ५० हजार र गोपाल कार्कीसँग ७ लाख ५० हजार धरौटी माग गरेको थियो ।
त्यसैगरी, अदालतले विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग १ लख १० हजार, देवनारायण महर्जनसँग १ लाख १० हजार, सकलानन्द महर्जनसँग १ लाख १० हजार, सञ्जय कुमार महर्जनसँग १ लाख १० हजार धरौटी माग गरेको थियो ।
माथि उल्लेखित आरोतिहरुमध्ये १६ जना आइतबार नै धरौटी बुझाएर रिहा भए पनि साढे ७ लाख धरौटी तोकिएका अरुणकुमार श्रेष्ठ भने छुट्न सकेनन् । श्रेष्ठलाई हिजै कारागार चलान गरिएकोमा उनी धरौटी रकम बुझाएपछि छुट्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्