Ads

नेम्वाङको निधनपछि प्रधानमन्त्री र ओली लगायतका नेता शिक्षण अस्पतालमा


काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनकाे खबर आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

नेम्वाङलाई सोमबार राति समस्या भएपछि राति नै शिक्षण अस्पताल गरिएको थियो ।  सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अन्य एमालेका धेरै नेताहरु अहिले शिक्षण अस्पतालमा पुगेका छन् ।

तस्बिर सौजन्य : राजन काफ्ले

Ads

सम्बन्धित पोष्टहरू