Ads

‘ मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो ’


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमाफर्त अध्यक्ष ओलीले नेम्वाङको निधनप्रति समवेदना व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली, उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी ’

उपाध्यक्ष नेम्वाङको गए राति १ः३० बजे हृदयघातका कारण निधन भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू