काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य तथा मधेश प्रदेशकी सांसद बिन्दु कुमारी यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो ।
महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । सांसद यादवको निधनमा जसपाका नेताहरूले दुस्ख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्