Ads

सरकारले विभिन्न देशमा थप २० जना कर्मचारी पठाउँदै


काठमाडौं । विभिन्न देशमा रहेका राजदूतावासमा थप कर्मचारी पठाइने भएको छ । दूतावासहरूले भोग्दै आएको जनशक्ति अभावको समस्या समाधान गर्न सरकारले थप कर्मचारी पठाउने भएको हो । नेपालमा दुई दिनसम्म चलेको राजदूतहरूसँगको छलफल कार्यक्रममा राजदूतहरूले कर्मचारी अभावबारे जानकारी गराएका थिए ।

सोही आधारमा विभिन्न देशमा रहेका दूतावासमा तत्काल २० जना कर्मचारी पठाउने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सरकारले अति आवश्यक रहेका मुलुकहरूमा तत्काल कर्मचारी पठाउन लागिएको हो । ती देशहरूमा दिनप्रतिदिन नेपाली विद्यार्थी तथा श्रमिकहरू बढ्दै गएका छन् । तर,दूतावासमा सीमित जनशक्ति छन् ।

जसले गर्दा काम गर्न असहज भइरहेको राजदूतहरूले गुनासो गरेका थिए । दूतावासका फोन समेत उठ्न नसक्ने अवस्था छ।  कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या आइरहेको उनीहरूको भनाइ थियो । हाल दूतावासहरूमा ३ देखि ५ जनाको हाराहारीमा कर्मचारीले सेवा प्रवाह गर्दै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूतावास तथा वैदेशिक रोजगारीमा देखिएका समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा सरकारले तत्काल थप कर्मचारी पठाउन लागेको हो । श्रम मन्त्रालयका एक अधिकारीले ती २० जना थप कर्मचारी तत्काल प्रक्रिया पूरा गरेर पठाउने बताए ।

Ads

सम्बन्धित पोष्टहरू