काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज(मंगलबार) दुई खेल हुँने भएको छ । दिउँसो १ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब भिड्ने छन् ।
११ खेलमा ११ अंक जोडेको पुलिस ११ औं स्थानमा छ भने ११ खेलमा १४ अंक जोडेको एपीएफ आठौं स्थानमा रहेको छ ।
त्यस्तै पौने पाँच बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
११ खेलमा १९ अंक जोडेर आर्मी चौंथो स्थानमा रहेको छ भने ११ खेलमा १५ अंक जोडेको संकटा सातौं स्थानमा रहेको छ ।
मछिन्द्रले यस सिजनको उपाधि जितिसकेको छ । ब्रिगेड ब्वाइज र च्यासल युथ रेलिगेसनमा परेका छन् ।
आज हुने खेल १२ औं चरणको अन्तिम खेल हो ।
प्रतिक्रिया दिनुहोस्