Ads

एमसीसीविरुद्धको रिट सर्वोच्चद्धारा अस्विकार


काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले अस्विकार गरिदिएको छ । अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

तर मंगलबार सर्वोच्च अदालत प्रशासनले भण्डारीको रिट अस्विकार गरिदिएको छ । सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उनको रिट दरपीठ भएको हो । सो दरपीठका विरुद्ध भण्डारी निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू