काठमाडाैँ । रुकुम (पूर्व) को सदरमुकाम रुकुमकाेट कायम गर्न सर्वाेच्चकाे संवैधानिक इजलासले फैसला गरेकाे छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासले उक्त फैसला गरेकाे हाे।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले २०७५ चैत ५ गते यो मुद्दालाई संवैधानिक इजलासमा पठाएपछि पाँच वर्षदेखि यहीँ अल्झेको थियाे।
संविधानसँग बाझिने, प्रदेश, केन्द्र र स्थानीय तहको सीमा विवादका मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्ने अधिकार संविधानले दिएको छ।
सदरमुकाम खारेजी र सदर दुवै पक्षले सर्वोच्चमा मुद्दा हालेका छन्। उक्त मुद्दा संवैधानिक इजलासमा पठाइए पनि संवैधानिक इजलासले फैसला नगर्दा त्यहाँका जनता र उक्त क्षेत्रको विकास पनि अन्योलमा परेको छ। २०७४ माघ १७ गते परेको रिटमाथि छलफल गर्न संवैधानिक इजलासमा पेसी तोकिने तर इजलास नै गठन नहुने हुँदै सर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस्