मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । घरमा सुख समृद्धि बढ्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । प्रेम र मित्रताको बन्धन कसिन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । साथै, धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । पठन पाठनमा प्रगति हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ ।
प्रतिक्रिया दिनुहोस्