राष्ट्रियसभाको बैठक बोलाईयो, नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरिने
खबर पोष्ट भदौ २८, २०८०
काठमाडौं । राष्ट्रियसभाको बैठक बोलाइएको छ । बिहीबार दिउँसो २ बजेर ३१ मिनेटका लागि बैठक बाृलाइएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङ निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको मंगलबार निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्