काठमाडौ \ सरकारले ५० प्रतिशत भन्सार छुुटमा २० हजार टन चिनी आयातको अनुुमति दिएको छ । चाडपर्वका बेला बजारमा अभाव हुुन नदिनका लागि अर्थ भन्त्रालयले चिनी आयात गर्न अनुुमति दिएको हो ।
अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०(१० हजार टनका दरले चिनी आयात अनुमति प्रदान गरेको हो । साल्ट र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न अर्थ मन्त्रालयले अनुमति प्रदान गरेको हो । हाल चिनी आयात गर्दा भन्सार शुल्क ३० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नु पर्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६० हजार टन चिनी आयात गर्न अर्थ मन्त्रालयमा सहमति माग गरेको थियो । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले चिनी आउन समय लाग्ने हुुँदा चाडबाडलाई ध्यानमा राखी गरी तत्कालका लागि २० हजार टन चिनी आयात गर्न मन्त्रीस्तरीय निर्णयबाट अनुमति प्रदान भएको जानकारी दिए ।
साल्ट टे«डिङ कर्पोरेसनले ५० हजार र खाद्य व्यवस्थाबाट १० हजार गरी ६० हजार टन चिनी आयात गर्न अनुमति माग आएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले चिनी आयात गर्न धेरै ढिलो गरी अनुमति दिएको कर्पोरेसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्