काठमाडौं । संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको अन्तिम बिदाइको तयारी गरिएको छ । मंगलबार बिहान हृदयघातबाट निधन भएका नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका नेम्बाङको आज पशुपति आर्यघाटमा अन्तिम अन्तिम बिदाइ गरिन लागिएको हो ।
बालुवाटारस्थित निवासबाट सुरु भएको उनको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको छ ।
शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि(अघि र शव बोकेको गाडी पछि(पछि छ । यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी छन् । राजकीय सम्मानका साथ आज उनको अन्त्येष्टि गरिँदै छ । उनको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्