Ads

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको काम अघि बढ्यो: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणबारे उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध सुन तस्करीका सम्बन्धमा अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको पनि उनले बताए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अध्ययन गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएकाले अब एमालेसहितका दलहरुसँग आफूले गरेको सहमति अनुसार समिति गठन गर्ने प्रक्रिया अघि बढेको प्रधानमन्त्रीले उल्लेख गरे।

‘सुन तस्करीमा अनुसन्नधान सकिएको छ। सीआईबीले आफ्नो प्रतिवेदन वुझाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सहमतिअनुसार अब उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढ्ने छ।’

उनले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई गम्भीर रुपमा लिएर कारबाही प्रक्रिया अघि वढेको बताए। उनले यस्ता घटना दोहोरिन नदिन प्रतिबद्ध रहेको पनि बताए।

Ads

सम्बन्धित पोष्टहरू