काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे कुराकानी भएको हो ।
चीनले बीआरआई परियोजना कार्यान्वयनमा चासो दिएको छ । भेटमा प्रधानमन्त्री प्रचण्ड र राजदूत सोङबीच बीआरआईबारे पनि छलफल भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले बीआरआई परियोजना कार्यान्वयन गर्न सरकार सकारात्मक रहेको जवाफ दिएका थिए ।
प्रधानमन्त्री प्रचण्ड ५ असोजमा अमेरिकाबाट सिधै चीन भ्रमणमा जानेछन् ।
प्रतिक्रिया दिनुहोस्