Ads

लोसपाका शिर्ष नेताहरुको बैठक बबरमहलमा सुरु


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का शिर्ष नेताहरको बैठक बसीरहेको छ । बैठक पार्टी कार्यलय बबरमहलमा बसेको छ ।

केहि दिन पहिला नेताहरुले पार्टी छोडेका छन् । लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र अर्का नेता डा.विजय सिंहलगायतका नेताहरु पार्टी छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी नेपालमा प्रवेश गरेका छन् ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनोनयन गर्दा वरिष्ठ नेता राजेन्द्र महतो असन्तुष्टि जनाउँदै आएका थिए । अन्तरिक विवादका रकाण लोसपाको बैठक नै बस्न सकेको थिएन । बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्लालगायत सहभागी रहेका छन् ।

लोसपाले यसअघि नै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू