मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाँउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिनेछन् भने मातापिताको आर्शिवाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )सवारी साधन हाँक्दा सचेतना अपनाउनु होला । घरमा पर पाहुना र अतिथिको आगमन हुन सक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कहीं कसैसँग झै झगडा हुन सक्छ । कामको बोझले थाकेको महसुस होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )बालबच्चाबाट पनि सुख सन्तोष प्राप्त हुनेछ । यात्राको समय छ । धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्यमा समस्या हुन सक्छ । नसोचेका समस्या देखिन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । दिन सामान्य नै रहेको छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ । स्वास्थ्य अनुकुल नरहनाले पढाइ लेखाइमा पनि समय दिन नसकिएला । सवारी चलाउदा सावधानी अपनाउनु होला । भीडमा धनमाल हराउन सक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ, अन्न प्राप्तीको पनि योग छ । केही खर्च भएपनि दानपुण्य र भेटघाटमा खर्च हुनाले मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने दिन छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । नचिताएको काममा पैसा भने खर्च हुने योग छ, सावधान रहनुहोला । गरेका कामबाट राम्रै लाभ हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )जग्गा जमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । आज पढाइ लेखाइमा राम्रो हुनेछ । सोचेका काम सजिलैसँग पुरा गर्न सकिनेछ । साथै, टाढाको यात्रा समेत हुन सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने समस्याको हल हुने छ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )कुनै लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । खर्च धेरै नै बढ्ने छ । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनको प्राप्ती होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मान समेत प्राप्त होला ।
प्रतिक्रिया दिनुहोस्