Ads

हिल्सा नाका खुले पनि नेपाली व्यापारी मारमा


हुम्ला\ नेपाली बस्तुको निर्यातमा कडाई गरिँदा हिल्सानाकाबाट नेपाली व्यवसायीहरुले समस्या भोग्नु परेको छ । चीनबाट पनि सिमित बस्तु मात्र निर्यात हुने र नेपाली समान उता पठाउन पनि कडाई गर्दा नेपाली उद्योगी, व्यवसायीले अपेक्षित फाईदा लिन नसकेको उनीहरुको गुनासो छ । चीनले दुईतर्फी नाका सञ्चालनमा ल्याए पनि नेपाली सामान लैजान नदिने र चीनबाट पनि सीमित सामान मात्र ल्याउने दिने गरेको बताउँदै व्यापारीले यस्तो गुनासो गरेका हुन् ।

हिल्साका व्यापारी कर्मा तण्डुप लामाले नाका सञ्चालनमा आएपछि व्यापार व्यवसाय सहज होला भन्ने आशामा रहेका हिल्साका व्यापारी निराश भएको बताए । उनले चीनको ताक्लाकोटबाट व्यक्ति तथा व्यापारीले सीमित सामान मात्र ल्याउन पाउने चिनियाँ नियमका कारण व्यापारी मर्कामा पर्दै आएको गुनासो गरेका छन् । ताक्लाकोटबाट दुई बोरा मात्र सामान ल्याउन दिने भएपछि व्यापार गरेर हिल्सामा बस्दै आएका व्यापारी बढी मर्कामा परेका हुन् । नाका सञ्चालनमा आउँदा हौसिएका व्यापारी चिनियाँ नियमले व्यापारका लागि आवश्यक सामान ल्याउन नपाउँदा हिल्सा छोड्ने मनस्थितिमा पुगेको नेपाली व्यापारीहरु बताउँछन् ।

यसले गर्दा घरायसी रूपमा प्रयोग गर्न सकिने दैनिक उपभोग्य सामान, लत्ताकपडा मात्र ल्याउन सकिने अवस्था रहेको छ । त्यसै गरी विकास निर्माण सामग्रीसमेत आउने गरेको छैन । चीनबाट आउने सामान मात्र नभएर नेपालबाट चीनतर्फ नेपाली सामानसमेत लैजान नदिएको अर्का व्यापारी फुन्जोक लामाले बताए । उनले नेपालबाट फलफूल, चिनो तथा मार्सीको चामल, फुरु, जडीबुटीलगायतका सामान लान सकिने भए पनि त्यो लान नपाइने नियम चीनले लगाएको बताए ।

हिल्सा नाकाबाट मात्र बर्सेनि ५० करोडभन्दा बढी कारोबार विगतमा हुने गर्दै आएको थियो । हिल्सा नाका गत वैशाख १८ गतेबाट दुईतर्फी रूपमा चीनले खुलाएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू