Ads

डुबेर एकै घरका दाजुभाइको मृत्यु


काठमाडौं । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र संगम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।

सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू