इनरुवा, इनरुवा नगरपालिकामा पहिलो पटक बहुसांस्कृतिक पार्क निर्माण गरिएको छ । चार वर्षअघि इनरुवामा आधुनिक पार्क बनाउन सुरु गरेको भएपनि हाल निर्माण भएपछि बालबालिकादेखि वृद्धवृद्धासम्मलाई बस्न र रमाइलो गर्ने थलो बनेको छ ।
युएनडीपीले निर्माण गर्ने सम्झौता भए पनि यहाँ २०७६ सालमै सुरु भएको ९ महिनामा सम्पन्न गर्नुपर्नेमा नभएपछि हाल सामुदायिक विकास संस्था र जिल्ला समन्वय समितिको पहलमा युनएनडीपीकै सहयोगमा इनरुवा नगरपालिकाको वडा नम्बर २ स्थित उराँव सङ्ग्रहालयसँगै बहुसांस्कृतिक पार्क निर्माण गरेको हो । यसमा बहुसांस्कृतिक झल्किने मूर्ति, बाल उद्यान, खेल्ने र बस्न तथा व्यायाम गर्न मिल्ने संरचना छ ।
इनरुवा २ को लक्ष्मीनारायण मन्दिर पछाडिको साढे चार कट्ठा क्षेत्रफलमा निर्माण गरिएको बहुसांस्कृतिक पार्कले सबैलाई लाभ पु¥याएको स्थानीय बताउँछन् ।
इनरुवा नगरपालिकाका निवर्तमान प्रमुख तथा हाल जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले आफूहरुको पहलमा युनएनडीपीको सहयोगमा इनरुवामा केही नभएको ठाउँमा बहुसांस्कृतिक पार्क बन्नु खुसीको कुरा भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्