Ads

संविधान कार्यान्वयन गर्न नेतृत्वले पहल गर्न सकेन: पूर्वप्रधानमन्त्री खनाल


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान बनाउँदा संवेदनशीलता भएपनि कार्यान्वयन गर्दा नभएको दाबी गरेका छन्।

मंगलबार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा भने हुन नसकेको जिकिर गरे। उनले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट

संविधान बनाएपनि जनतालाई शिक्षित बनाउने कुरामा यो देशको नेतृत्व पछि रहेको उनको भनाई छ। खनालले संविधान कार्यान्वयन गर्न सरकार र नेतृत्वले पहल गर्न नसकेको उल्लेख गरे। ‘हामीले संविधानलाई जनतालाई शिक्षित प्रशिक्षित गर्नुकुरामा यो देशको नेतृत्व पछि छ।’उनले भने,‘कानुन बनाएर लागु गर्नुपर्ने संविधानले घोषणा गरेको छ तर खै हामीले कानुन बनाएको ? नेतृत्वले पहल गरे बनाउन सकिन्छ। संविधान राम्रो बनाएर मात्रै पुग्दैन, कार्यान्वयन गर्दा चाल्नुपर्ने कदममा ध्यान दिनुपर्दछ।’

उनले संविधानमा रहेका मतभेद हटाउन नसकेको बताए। उनले पहिलो संविधान सभा विघटन भएपनि दोस्रो संविधान सभाबाट संविधान जारी भएको स्मरण गराए।

‘नेपालको संविधान निर्माण गर्न सबै राजनीतिक दलसँग सहमति गर्न सुवास नेम्वाङले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।’खनालले भने,‘मतभेदलाई अधिकांश सहमतिमा लगेर आजको संविधान बनाउने प्रक्रियामा जुन सहमति भयो त्यो असाधारण थियो। यसमा नेम्वाङको भूमिकाको उच्च मूल्याङ्कन गर्नुपर्दछ।’

Ads

सम्बन्धित पोष्टहरू