Ads

२०८० असोज ३ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ रहेको छ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो रहेको छ । आयआर्जनका क्षेत्रहरु बलियो हुन सक्छन्। पढाई लेखाईमा राम्रो नतिजा प्राप्त गर्न सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । आज स्वास्थ्य राम्रो रहन सक्छ भने उचित मेहनत गरेर राम्रो आम्दानी गर्न सकिनेछ। विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यवसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप लगानीको वातावरण बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशि भएकाहरूका लागि आज समय सामान्य रहनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्न सक्छ भने पतिपत्नी बीच अविश्वास सिर्जना हुन सक्छ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुपर्ने समय छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन मेहेनत धेरै गर्नुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशिका लागि आज समय सामान्य रहन सक्छ । हतार गर्नाले अनावश्यक विवादमा फस्नुपर्ने हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको अनुभव हुन सक्छ भने काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । व्यवसायमा सोचे जस्तो आम्दानी गर्न कठिन हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रु तथा प्रतिस्पर्धीहरु तपाईंसँग पराजित हुन सक्छन् । स्वास्थ्य आज राम्रो रहन सक्छ भने काम गर्न सहज वातावरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कन्या राशि भएकाहरूका लागि आज समय सामान्य छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यवसायमा लगानी नबढाउँदा राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)तुला राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि सहज वातावरण बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य छ । स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ। गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धनु राशिका लागि आज दिन राम्रो रहेको छ। रोकिएका कामहरु बन्नुका साथै नयाँ काम तथा व्यवसायको थालनी हुन सक्ने समय छ। स्वास्थ्यमा सुधार आउनुका साथै काम गर्ने जोश जाँगर बढ्न सक्छ। आज साथीभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य सबल रहनेछ । समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कुम्भ राशिका लागि आज समय खराब छ, आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट मनग्य लाभ लिन सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू