Ads

सेती नदीमा बगेका युवा बेपत्ता


काठमाडौँ । डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा बझाङस्थित सेती नदीमा बगेर बेपत्ता भएका छन् ।

स्थानीय देउरा बजारबाट घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी पिउन जाने क्रममा चिप्लिएर सेती नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी रायल बझाङबाट खटिएको प्रहरी टोलीले उनको खोजीका साथै थप अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू