Ads

कांग्रेस पदाधिकारीको बैठक बस्दै


काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(बुधबार) केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा पार्टीका भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने बताइएको छ ।

म्याद सकिएका सबै भ्रातृसंगठन तथा शुभेच्छुक संस्थाको महाधिवेशन गर्नका लागि तयार पारिएको विधानमाथि पदाधिकारी बैठकमा छलफल चलिरहेको छ ।

आजको बैठकमा पनि विधानको ड्राफ्टमथि पदाधिकारीहरुले छलफल गरेर सुझाव दिने केन्द्रिय सदस्य एनपी साउदले जानकारी दिएका छन् । साउदको नेतृत्वको समितिले तयार पारेको विधानको ड्राफ्ट यस अघि नै विधानका रुपमा पारित भइसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू