काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै सत्ता उल्ट्याउन प्रपञ्च भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा उक्त कुरा लेखेका छन् । उनले लेखेका छन् ‘अहिले भइरहेका षड्यन्त्र र भ्रमहरुलाई चिरेर फेरि पनि विजयी हुने छौँ।’
एमसिसीका कारण सत्तागठबन्धनको समीकरण भत्कने आशंका बढिरहेका बेला उनले यस्तो कुरा बताएका हुन्।
प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्। अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्। तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं।’
माओवादी र एकीकृत समाजवादी एमसिसीको विपक्षमा उभिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए । राजनीति वृतमा प्रधानमन्त्री देउवाले नयाँ सत्ता समीकरणका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फकाउने प्रयास गरिरहेका बताइन्छ। एमसिसी फागुन ८ गते संसदमा टेबल भएको छ। १२ गते अर्थात भोलि बस्ने संसदमा यसबारे छलफल हुने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्