काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुसँग वार्ता थालेको छ । संसदमा पेस भएको विधेयकलाई लिएर देशव्यापी रुपमा विद्यालय बन्द गरे आन्दोलनमा होमिएका शिक्षकहरुसँग सरकारले पहिलो चरणको वार्ता गरेको हो ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र विभिन्न शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधिबीच आज गृहमन्त्रीकै कार्यकक्षमा वार्ता भएको छ । वार्ता सकारात्मक भएको बताइएको छ भने अर्को वार्ता पनि तत्काल गर्ने सहमति भएको छ ।
वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री अशोक राईलगायत सहभागी थिए। वार्ता ८ बजेदेखि ९ बजेसम्म भएको थियो ।आन्दोलनरत शिक्षकका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष कमला तुलाधार, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्