Ads

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन


काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने संसद बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

अमेरिकी सहयोग परियोना एमसिसीबारे छलफल सुरू हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

‘भोलीको बैठकमा एमसीसीबारे छलफल र मतदानमा सबै जना सहभागी हुनुपर्छ। त्यसैले अनिवार्य उपस्थित हुन भनिएको हो,’ भुसालले भनिन्।

फागुन ८ गते संसदमा दर्ता भएको एमसिसी सम्झौतामा बिहीबारदेखि संसदमा छलफल सुरू हुँदैछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १६ गतेभित्रै एमसिसी पारित गर्ने गरी कुराकानी गरिरहेका छन्। कांग्रेस एमसिसी पारित गर्न एकमत छ।

संसद बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ।

Ads

सम्बन्धित पोष्टहरू