Ads

महानगरका विद्यालयमा अनुगमन गर्न खटिए नगरप्रहरी


काठमाडौं । काठमाडौं महानगरपालिकाको विद्यालयमा अनुगमन गर्न नगर प्रहरी खटाएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएका हुन् ।

नगरप्रहरी प्रमुख राजु पाण्डेले ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने बताए । नगरप्रहरीका थुप्रै टोलीहरू परिचालन गरिएको उनले जानकारी दिए ।

पाण्डेले भने, ‘हामीले डेढ दुई घन्टाभित्र सबै विद्यालयहरुको अनुगमन सकेर महानगरलाई रिपोर्टिङ गर्नेछौं ।’ नियमित पठनपाठन नभएका विद्यालयहरूलाई महानगरको शिक्षा विभागले कारबाही गर्ने उनको भनाइ छ । महानगर प्रमुख शाहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू