काठमाडौं । आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्।
नयाँ बानेश्वरतर्फ जान शिक्षक प्रयास गरे पनि सुरक्षाकर्मीहरूले दिएका छैनन्।
माइतीघर मण्डलाबाट आन्दोलन गर्दै गएका शिक्षकहरू नयाँ बानेश्रर क्षेत्रमा जाने प्रयास गरेका छन्। उक्त आन्दोलन रोक्न ठूलाे मात्रामा नेपाल प्रहरी,सशस्त्र प्रहरीहरू परिचालन गरिएको छ।
हजारौंको संख्यामा रहेका शिक्षकको हुलले प्रहरीको ब्यारिगेट तोड्न खोजेका छन् । सोक्रममा प्रहरीले बल प्रयोग गरेको छ । शिक्षकहरू बानेश्वरको एभरेष्ट होटलअगाडिबाट प्रहरी घेरा तोड्न खोजिरहेका छन् ।
शिक्षकहरूको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । आन्दोलनलाई मर्यादित र संयमित बनाउन श्रेष्ठले आग्रह गरेका थिए ।
संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।
प्रतिक्रिया दिनुहोस्