Ads

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत


काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. चन्द्र भण्डारीसहित आठजना नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्।

चौधौँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उपसभापति पदमा उठेर पराजित भएका डा. भण्डारीसहित आठ नेतालाई देउवाले केन्द्रीय कार्यसमितिमा बिहीबार मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

सभापति देउवाले  गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

०७८ मा भएको १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए। विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने हो। तर सभापति देउवाले १९ महिनापछि केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

Ads

सम्बन्धित पोष्टहरू