Ads

एमसीसीमा सत्तारुढ दलहरुले नै दोहोरो चरित्र देखाए : महासचिव पोखरेल


बुटवल । नेकपा एमालेका महसचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलहरुले नै दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

सरकारमा बसेका दलहरुले नै नै दोहरो चरित्र देखाएको आरोप लगाएका छन् । एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमसीसी संसदमा टेबुल गर्ने भनेर भित्र सहमति गर्ने तर, सडकमा गाईजात्रा देखाएर माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र प्रर्दशन गरेको बताए ।

सरकारको दृष्टिकोण एउटै हुन्छ , हुनु पर्छ , एउटै दृष्टिकोण भएन भने सरकारमा गठबन्धन भन्दै बस्न मिल्दैन , नैतिकताले नदिने पोखरेलेको भनाइ थियो । महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला एमसीसीका प्रावधानमा सम्झौता गरिएको दाबी गरे । उनले देउवा नेतृत्वको माओवादी सम्मिलित सरकारले सम्झौतामा हस्ताक्षर गरेको बताए । आफैँले गरेको सम्झौतालाई लिएर जनतामा भ्रम सिर्जन गर्ने र सडकमा गाईजात्रा देखाउने काम भएको पोखरेलले बताए ।

संसद नचलेसम्म एमाले संसदमा हुने कुनै पनि काम कारवाहीमा सहभागी नहुने भन्दै उनले संसदमा छलफल गर्ने वातावरण तयार भएपछि एमालेले एमसीसीप्रतिको आफ्नो धारणा राख्ने बताए । एमाले कारवाही गरेका १४ जना गैरसांसदलाई राखेर संसद चल्न नसक्ने पनि उनले बताए । उनले सभामुखले गल्ती नसच्याएसम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने बताए । एमाले अब निर्वाचनतर्फ केन्द्रित भएको भन्दै जनताको विश्वास जित्ने बलियो शक्तिको रुपमा एमाले स्थापित भएको उनले दावी गरे ।

 

Ads

सम्बन्धित पोष्टहरू