Ads

बिहिबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, एमसीसी सम्झौतामाथि छलफल गरिने


काठमाडौँ । भोलि(बिहिबार) बस्ने प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामाथि छलफल गरिने भएको छ ।

भोलिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि छलफल गरियोस’ भनी प्रस्ताव पेश गर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्मा अनुपस्थित भएका कारण सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।

भोलिको बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ पेश गर्ने पनि कार्यसूचीमा उल्लेख छ । महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले पेश गर्ने छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू