काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् भने तीन सय १२ नयाँ संक्रमित थपिएका छन् ।
आठ हजार छ सय ९३ जनामा आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा तीन सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ सय ११ जना संक्रमणमुक्त भएका छन् भने सोहि अवधिमा एक लाख ३५ हजार सात सय ९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यसै अवधिमा
नेपालमा हाल दश हजार ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको हो ।
गत २४ घण्टामा गरिएको परिक्षणका आधारमा देशभरको औसत संक्रमणदर ५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्