Ads

गमगढी बजारमा आगलागी, ६ ओटा घर जलेर नष्ट


गमगढी \ मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा ६ ओटा घर जलेर नष्ट भएका छन् । शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । घटनामा कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको डीएसपी थापाले बताए ।

जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । तर, क्षतिको पूर्ण विवरण भने आइनसकेको डीएसपी थापाको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू