Ads

खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु


धनुषा । धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका-१ स्थित धुमासन टोलमा बिगही खोलामा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय धिरजकुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालक शनिबार दिउँसो साथीहरूसँगै बिगही खोलामा खेल्न गएका थिए । परिवारका अनुसार नुहाउन जानेक्रममा चिप्लेर बालक गहिरो खाल्डोमा खसेका थिए । धिरजकुमारसँगै अन्य दुई जना बालक पनि खोलामा गएका थिए । धिरजकुमार डुबेपछि अन्य दुई साथीले स्थानीयलाई बोलाएका थिए ।

खाल्डोबाट उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू