काठमाडाैँ । प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।
भारतमा हुने १३ औं इन्डो–प्यासिफिक सम्मेलनमा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।
भारत प्रस्थान गर्नु पूर्व आइतबार नै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।
भारत र अमेरिकाका सेनाहरूको सह-आयोजनामा हुन लागेको सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश र्फकने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्